सिड्नी स्वीनीले अष्ट्रेलियाबाट इन्स्टाग्राममा पोष्ट गरेको बिकिनी र अन्डरवियरका तस्बिरहरू भाइरल
सेप्टेम्बर २०२५ मा पहिलो पटक एकअर्कासँग नाम जोडिएका हलिउडका चर्चित यो जोडी स्विनी र ब्राउन यतिबेला अष्ट्रेलियामा मग्न मस्त रमाइरहेका छन् ।
लस एन्जलस । सिड्नी स्विनीले शेयर गरेको बिकिनी टपको नजिकबाट खिचिएको तस्बिर र अन्डरवेयर मात्र लगाएर सामान्य रूपमा दाँत माझ्दै गरेको तस्बिरले सामाजिक संजालमा तरङ्ग ल्याएको छ।
‘एसवाईआरएन’ की संस्थापक स्विनीले अस्ट्रेलिया भ्रमणका २० वटा तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । उनि अस्ट्रेलियामा यतिबेला नेटफ्लिक्सको लाइभ-एक्सन ‘गन्डम’ चलचित्रको छायाङ्कन गरिरहेकी छिन्।

दाँत माझ्ने क्रममा, स्विनीले आधा बटन खोलिएको खरानी रङको कार्डिगन लगाएर आफ्नो तस्बिर खिचिन्। उनले ‘एसवाईआरएन’ ब्रान्डको अन्डरवेयर लगाएकी छिन जुन सेतो लेस सहितको नीलो रङको थियो।
अर्को तस्बिरमा, स्विनीले रातो गुलाबको बुट्टा भएको कालो-सेतो ‘गिङ्घम’ प्रिन्टको बिकिनी टप लगाएकी थिइन्। एकदमै नजिकबाट लिइएको उक्त तस्बिरमा उनले आफ्नो ओठ र पेटको केही भाग मात्र देखाएकी थिइन्।
स्विनीले आफ्नो पोस्टको सुरुवात एउटा सेल्फीबाट गरिन् र यसमा इन्डोर रक क्लाइम्बिङ सत्रका तस्बिरहरू पनि समावेश गरिन्। उनले निजी विमानमा आफ्नो जर्मन शेफर्ड कुकुर ‘सली बेयर’ सँगको तस्बिर पनि शेयर गरिन्।
उनले आफ्ना प्रेमी स्कुटर ब्राउनसँगका केही तस्बिरहरू पनि यसमा समावेश गरेकी छिन । एउटा तस्बिरमा उनीहरू हेलिकप्टरबाहिर उभिएको देखिन्थ्यो भने अर्को सेल्फीमा ४५ वर्षीय पूर्व ट्यालेन्ट म्यानेजरले स्विनीको गालामा चुम्बन गरिरहेको देखिन्छ ।
मस्त रमाई रहेको यो जोडीले डुङ्गाको अगाडिको भागमा उभिएर चर्चित ‘टाइटानिक’ पोजमा खिचेको फोटो पनि शेयर गरेका छन् ।
सेप्टेम्बर २०२५ मा पहिलो पटक एकअर्कासँग नाम जोडिएका हलिउडका चर्चित यो जोडी स्विनी र ब्राउन यतिबेला अष्ट्रेलियामा मग्न मस्त रमाइरहेका छन् ।