साहित्य

बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक

काठमाडौँ । बाल साहित्य सम्बन्धी सात वटा पुस्तक एकसाथ सार्वजनिक गरिएका छन् । 

हामी दाजुभाइ, ब्रिटिस काउन्सिल र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा केदारभक्त माथेमालगायतले बाल कथा सङ्ग्रह सार्वजनिक गर्नुभएको हो ।

सो अवसरमा शान्ति सापकोटाको ‘मितिनी’, सन्जोग ठकुरीको ‘ममीघर’, हंसावती कुर्मीको ‘इन्द्रेणी’, सुशीला तामाङको ‘आइतीको बिहे’, अस्मिता बादीको ‘हैतमाको हिम्मत’, बिना थिङको ‘नामको कथा’ र सङ्गीता उराँवको ‘सुर्जीको उज्यालो’ गरी सातवटा कथा सङ्ग्रह सार्वजनिक गरिएका थिए ।

कार्यक्रममा शिक्षाविद् माथेमाले लामा वाक्यका पुस्तक पनि बालबालिकालाई पढाएर बौद्धिक क्षमता विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो । जसले पढ्छ, उसको ज्ञानको क्षितिज फराकिलो हुने भएकाले त्यसतर्फ बालबालिकालाई अग्रसर गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बाल साहित्यकार प्रमोद प्रधानले हिमाल, तराइ र पश्चिमी नेपालको कथा बाल साहित्यमा कम लेखिएको बताउनुभयो । कार्यक्रममा प्रा डा तारानिधि भट्टराई, केन्द्रका अध्यक्ष अनन्त वाग्ले, स्रष्टा गङ्गा कर्माचार्य पौडेल, कलाकार अनामिका गौतम, सामाजिक अभियानकर्मी गौरी नेपाली, ब्रिटिस काउन्सिलका युक्ता खड्का आचार्य, विद्यालय तहका बालिका द्वय सरला आचार्य र प्रिया थापालगायतले बाल साहित्यमा कथा विधाको अवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्