नेपाल

नाग्मा–गमगढी सडक पूर्ण रूपमा अवरुद्ध, यात्रु र सवारी अलपत्र

मुगु । मुगुको छायाँनाथ–रारा नगरपालिका–८ स्थित झ्यारी खोलामा शनिवार बिहान आएको ठूलो पहिरोका कारण नाग्मा–गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा मुगु आवतजावत गर्ने सवारीसाधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

पहिरो निकै ठूलो भएकाले तत्काल सडक खुलाउन कठिनाइ भएको छ। सुरुमा सानो जेसीबि प्रयोग गरी पहिरो पन्छाउने प्रयास गरिए पनि सफल हुन नसकेपछि ठूलो क्षमताको जेसीबी मगाउने तयारी गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ।

सडक डिभिजन कार्यालयका अनुसार पहिरो हटाउने कार्य सुरु गरिए पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुईदेखि तीन दिन लाग्न सक्ने अनुमान गरिएको छ।

सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तु बोकेका मालवाहक सवारी, यात्रुवाहक बस, जिप तथा अन्य साना–ठूला सवारीहरू दुवैतर्फ रोकिएका छन्। यात्रुहरूलाई लामो समय सडकमै बस्नुपर्ने बाध्यता सिर्जना भएको छ भने खाद्यान्न तथा अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ।

साथै पहिरो हटाउने कार्यलाई तीव्र बनाइएको र मौसम अनुकूल रहेमा यथाशीघ्र सडक सञ्चालनमा ल्याइने जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्