राजनीति
कर्णाली प्रदेशमा नेकपाले मुख्यमन्त्री कँडेलको पक्षमा मतदान गर्ने
सुर्खेत। कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
बिहीबार बिहान बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताउनुभयो । कर्णालीमा कांग्रेस–नेकपा मिलेर गत बिहीबार मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
केन्द्रमा नेकपा (एमाले) नेकपाबिच समीकरण बनेको भनिए पनि कर्णालीमा भने नेकपाले यसअघि नै अडानमा कायम रहने बताएको छ । कर्णालीमा कांग्रेस–नेकपा मिलेर गत बिहीबार मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । साथै, मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरेका छन् । आज प्रदेश बैठक बस्दैछ ।