एक्सक्लुसीभ

‘मोन्था’ को प्रभावले वर्षा : आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भएको मोन्था नामक चक्रवातको प्रभावका कारण नेपालमा पानी पर्न थालेको बताएको छ।

विभागका मौसमविद् सौहार्द जोशीका अनुसार यसको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। उहाँले कोशी र मधेस प्रदेशका सबै जिल्लामा बग्ने स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “मोन्था चक्रवातको प्रभावले कात्तिक १३ गतेदेखि १५ गतेसम्म कोशी, मधेस र बागमती प्रदेशमा मध्यमदेखि भारी पानी पर्ने पूर्वानुमान छ। यसको प्रभावले कात्तिक १३ गते कोशी र मधेस प्रदेशका सबै जिल्लामा बग्ने स–साना नदीहरुमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको छ।”

उहाँले बागमती र लुम्बिनी प्रदेशका केही जिल्ला भइ बग्ने स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “बागमती प्रदेशको सिन्धुली, रामेछाप, काभ्रे, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र लुम्बिनी प्रदेशका नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भइ बग्ने स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको छ।”

उहाँले शुक्रबार र शनिबार कोशी, मधेस र बागमती प्रदेशका नदीमा बाढी बढ्दै गएर सतर्कताको तह आसपास पुग्ने अनुमान गरिएकोले सावधानी अप्नाउन आग्रह समेत गर्नुभयो।

उहाँले भन्नुभयो, “कात्तिक १४ र १५ गते कोशी, मधेस र बागमती प्रदेशका नदीहरुमा बाढी बढ्दै गएर सतर्कताको तह आसपास पुग्ने अनुमान छ। त्यसैले नदी किनारमा बस्ने र नदी आसपासबाट यात्रा गर्नेहरुले उच्च सावधानी अप्नाउन अनुरोध गर्दछौं।”

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.