एक्सक्लुसीभ

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते दिउँसो १४ः०० बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गते दिउँसो १४ः०० बजे संघीय संसद् भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २८ गते संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्