नेपाल

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा संघीय निजामती विधेयकमाथि दफावार छलफल सुरु भएको छ ।

आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरु गोपाल भट्टराई, डा.वेदुराम भुसाल, डा.अन्जान शाक्य, सुरेश आलेमगर, तुलबहादुर विश्वकर्मालगायतले निजामती सेवामा समावेशी समानुपातिक सहभागिता सुनिश्चित हुने व्यवस्थालाई प्रस्तावनामै समेट्न सुझाव दिनुभयो ।

सांसदहरुले प्रतिनिधिसभाबाट पारित भइआएको प्रतिवेदनसहितको विधेयकमा तत्काल लागु हुने भन्ने व्यवस्था यथावत् राख्ने हो भने नियमावली पनि सँगै पेश गर्न सरकारलाई आग्रह गर्नुभयो ।

समितिको आजको बैठकमा प्रस्तावनाका साथै दफा ५ सम्म छलफल भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्