खेलकुद

नेपालमा आयोजना हुदै २०२७ क्रिकेट विश्वकप छनोट प्लेअफ

काठमाडौँ। सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यो प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौँमा सञ्चालन हुनेछ।

प्रतियोगितामा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा आईसीसी क्रिकेट विश्वकप लिग–२ का अन्तिम चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली सहभागी हुनेछन्।

६ टोलीको स्थान पक्का

प्रतियोगितामा सहभागी हुने ८ मध्ये ६ टोलीको टुङ्गो लागिसकेको छ:

लिग–२ बाट: आयोजक नेपालसहित क्यानडा र यूएई

च्यालेन्ज लिग ‘बी’ बाट: इटाली र युगान्डा

च्यालेन्ज लिग ‘ए’ बाट: जर्सी

बाँकी दुई स्थानका लागि च्यालेन्ज लिग ‘ए’ बाट कुवेतको सम्भावना बलियो रहे पनि आधिकारिक पुष्टि हुन बाँकी छ। त्यस्तै लिग–२ बाट ओमान र नामिबियामध्ये एक टोलीको टुङ्गो लाग्न बाँकी छ।

अघिल्लो चरणको बाटो र शृङ्खला तालिकामा हेरफेर

यस प्लेअफ प्रतियोगिताका शीर्ष चार टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको मुख्य विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।

विश्वकप छनोट प्लेअफ नेपालमै हुने भएपछि यसअघि डिसेम्बर ९, ११ र १३ का लागि तय भएको नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको तालिका परिवर्तन हुने भएको छ। क्यान र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) बीचको आपसी समझदारीमा सो शृङ्खलाको नयाँ मिति पछि सार्वजनिक गरिने क्यानले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्