खेलकुद

एनआरटी र चर्च ब्वाइज विजयी

काठमाडौँ । न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड क्लबले एन्फा यु–१६ युथ लिग फुटबलमा जित निकालेको छ ।

सातदोबाटोस्थि एन्फा मैदानमा मङ्गलबार भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबमाथि १–० गोलको जित निकाल्यो । अर्को खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई २–० गोलले स्तब्ध बनायो ।

एनआरटीलाई जिताउन सुगम रानाले निर्णायक गोल गर्नुभयो । सुगमले ४४औँ मिनेटमा गर्नुभएको गोल टोलीको जितमा प्रयाप्त बनेको थियो । जितसँगै एनआरटीले ११ खेलबाट १२ अङ्क बनाएको छ । सातदोबाटो समान खेलमा अङ्कविहीन छ ।

यस्तै अर्को खेलमा चर्च ब्वाइजलाई जिताउन जित दिलाउन सुशन थापामगरले ४९औँ र र सुनिल दङ्गालले ८०औँ मिनेटमा गोल गर्नुभएको थियो । यता पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको शेर्पा दोस्रो हाफमा १० खेलाडीमा समेटिएको थियो ।

६२औँ मिनेटमा प्रज्वलप्रताप क्षेत्री दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि शेर्पाको गोल फर्काउने योजना सफल भएन । जितसँगै चर्च ब्वाइजले ११ खेलबाट २० अङ्क बनाएको छ । पराजित हिमालयन शेर्पाको समान खेलबाट १४ अङ्क छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ । लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउने छ ।

यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १५/१५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्