डायस्पोरा

गोमा देवी थापा मगरको अध्यक्षतामा एनआरएनए एनसीसी रोमानियाको नयाँ कार्यसमिति गठन

रोमानिया। विश्वभर गैरआवासीय नेपाली संघ (एनआरएनए) को सञ्जाल विस्तार गर्ने तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई थप सक्रिय र सशक्त बनाउने अभियान जारी रहेको छ।

यसै क्रममा एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) रोमानियाले गोमा देवी थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ।

नवगठित कार्यसमितिको अध्यक्षमा गोमा देवी थापा मगर चयन हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा राजु लामा रहनुभएको छ। त्यसैगरी उपाध्यक्षमा सागर क्षेत्री, सुरेन्द्र लामा, थमन गुरुङ र टेक्सुराम राई चयन हुनुभएको छ।

नयाँ कार्यसमितिको महासचिवमा गोविन्द सुब्बा, सचिवमा माधव घिमिरे, सरोज खनाल, कृष्णबहादुर बि.क., मानबहादुर ब्लोन तामाङ र रञ्जित तामाङ गोले रहनुभएको छ।

त्यस्तै, कोषाध्यक्षमा राजु राना मगर तथा सहकोषाध्यक्षमा शशी लामा चयन हुनुभएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्