डायस्पोरा

एनआरएनए अध्यक्षमा डा.हेमराज शर्मा सर्वसम्मत चयन

काठमाडौँ । विवाद, आन्तरिक खिचातानी र पटक–पटकको विभाजनका बीच गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं महाधिवेशनबाट डा. हेमराज शर्मा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन्।

अध्यक्षका दावेदार रोबिन शेरचन र रबिन बज्राचार्यले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि शर्मा निर्विरोध अध्यक्ष निर्वाचित भएका हुन्।

निर्वाचन समितिले विधान संसोधन सकिए लगत्तै सोमबार औपचारिक घोषणा गर्ने जनाएको छ।

यसअघि संघका सात अध्यक्षमध्ये चार जना प्रतिस्पर्धात्मक निर्वाचनमार्फत चयन भएका थिए भने उपेन्द्र महतो, जीवा लामिछाने र देवमान हिराचन मात्र सर्वसम्मत रूपमा अध्यक्ष बनेका थिए।

महाधिवेशनका क्रममा संघको नयाँ कार्यसमितिका अन्य पदहरूमा पनि सहमति जुटेको बताइएको छ। अध्यक्षसहित कुल ६९ पदमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.