डायस्पोरा

मलेसियाद्वारा भोटेकोशी बाढी पिडितलाई १० लाख अमेरिकी डलर सहयोग

क्वालालम्पुर। मलेसिया सरकारले भोटेकोशी नदीमा गएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित क्षेत्रको  पुनर्निर्माणका लागि १० लाख अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरेको छ।

मलेसियाका विदेशमन्त्री दातो सेरी उतामा हाजी मोहम्मद बिन हाजी हसनले आज नेपालका लागि कार्यवाहक राजदूत मुदिता बज्राचार्यलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने जनाइएको छ।

चेक हस्तान्तरणका क्रममा मलेसियाका विदेशमन्त्री हाजी हसनले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपाली नागरिकप्रति समवेदना प्रकट गरे ।

त्यसैगरी, कार्यवाहक राजदूत बज्राचार्यले बाढीपछिको पुनर्लाभ तथा पुनर्निर्माणका लागि आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएकोमा मलेसिया सरकारप्रति आभार व्यक्त गरिन् । उक्त रकम यसअघि नै मलेसियाले सहयोग गर्ने घोषणा गरेअनुसार अहिले उपलब्ध गराएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्