मनोरंजन

सुमित्रा, कल्पना र गंगा थाइल्यान्डमा आयोजित ‘मिसेस एसिया इन्टरनेसनल २०२६’ प्रतिष्पर्धा गर्दै

काठमाडौँ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एसिया इन्टरनेसनल पेजेन्ट’ अन्तर्गतको ‘क्लासिक एन्ड मिसेस एसिया इन्टरनेसनल २०२६’ थाइल्यान्डको खोन केनमा सुरु भएको छ। अक्टोबर १९ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धी तथा आधिकारिक टोली थाइल्यान्ड पुगिसकेको छ।

प्रतियोगितामा सहभागी हुन सामरी इन्टरनेसनल इभेन्ट प्रालिका भरत सामरीको नेतृत्वमा ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ की विजेता सुमित्रा श्रेष्ठ (रोजी), फर्स्ट रनरअप कल्पना प्रसाईं (कामना) र थर्ड रनरअप गंगा न्यौपाने राउत (गम्भीर गंगा) सहितको टोली थाइल्यान्ड पुगेको छ ।

गत श्रावणमा काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ मार्फत उनीहरू अन्तर्राष्ट्रिय मञ्चका लागि छानिएका हुन्।

थाइल्यान्डमा आयोजना भइरहेको यस प्रतिष्ठित प्रतियोगितामा नेपालसहित जापान, चीन, हङकङ, भारत, मलेसिया, ताइवान (आरओसी), सिंगापुर र आयोजक राष्ट्र थाइल्यान्ड गरी ९ देशका २१ जना सुन्दरीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

साताव्यापी रूपमा चल्ने यस प्रतियोगिताका दौरान प्रतियोगीहरू विभिन्न चरणका प्रशिक्षण, व्यक्तित्व विकास, सांस्कृतिक आदानप्रदान तथा ट्यालेन्ट राउन्डमा सहभागी हुनेछन्। नेपाली प्रतिस्पर्धीहरूले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो कला-प्रतिभा प्रस्तुत गर्दै नेपालको मौलिक कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। विवाहित महिलाहरूको सशक्तीकरण र नेतृत्व विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस प्रतियोगिताको ग्राण्ड फिनाले अक्टोबर १९ मा हुनेछ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्