डायस्पोरा

साग्रादा फामिलियामा नेपाल पर्यटन प्रवर्द्धन तथा दशैं–तिहार विशेष कार्यक्रम आयोजना हुँदै

दिनेश गिरि, बार्सिलोना । नेपालीहरूको महान् चाड विजयादशमी तथा शुभ दीपावली २०८३ को पावन अवसरमा स्पेनको बार्सिलोनास्थित विश्वप्रसिद्ध पर्यटकीय स्थल साग्रादा फामिलियामा नेपाल पर्यटन प्रवर्द्धन तथा दशैं–तिहार विशेष कार्यक्रम आयोजना हुने भएको छ।

आगामी शनिबार, २४ अक्टोबर २०२६ मा अन्तर्राष्ट्रिय नेपाली मञ्च स्पेनको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रममार्फत नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित गराउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।

हरेक वर्षझैँ यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली मञ्च स्पेनले नेपालको पर्यटन प्रवर्द्धन गर्नुका साथै नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानलाई विश्वसामु चिनाउने उद्देश्यले निरन्तर उत्कृष्ट कार्य गर्दै आएको छ। विदेशी भूमिमा रहेर पनि नेपालको राष्ट्रिय पहिचान र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित गराउने यस अभियानको विशेष महत्त्व रहेको छ।

यस महत्त्वपूर्ण अभियानलाई सफल बनाउन स्पेनमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय, क्रियाशील नेपाली संघसंस्था, समाजसेवी तथा व्यवसायीहरूको साथ, सहयोग र सक्रिय सहभागिता अत्यन्त आवश्यक छ।

यसका साथै, स्पेनमा रहनुभएका सम्पूर्ण सञ्चारकर्मीहरू तथा सामाजिक सञ्जाल प्रयोगकर्ता दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस कार्यक्रमको व्यापक प्रचार–प्रसार गरी नेपालको पर्यटन, कला, संस्कृति र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउन आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

यो अभियान कुनै एक संस्था वा व्यक्तिको मात्र नभई सम्पूर्ण नेपाली समुदायको साझा अभियान हो। त्यसैले, सबैले आ–आफ्नो ठाउँबाट साथ, सहयोग, सहभागिता र प्रचार–प्रसारमा योगदान पुर्‍याई कार्यक्रमलाई भव्य र सफल बनाउन हार्दिक अपिल गर्दछौँ।

आउनुहोस्, हामी सबै मिलेर नेपाली कला, संस्कृति र राष्ट्रिय पहिचानलाई विश्वसामु चिनाऔँ। नेपालको पर्यटन प्रवर्द्धन गरौँ र विदेशमा नेपाली एकता, सद्भाव तथा सांस्कृतिक गौरवको सन्देश फैलाऔँ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्