डायस्पोरा

एमालेको भात्री संगठन प्रवासी नेपाली मञ्चको अधिवेशन बार्सिलोनामा सुरु

बार्सिलोना । ‘प्रवासी नेपालीको सम्मान–समृद्ध नेपालको अभियान’ भन्ने नारासहित स्पेनको बार्सिलोनामा प्रवासी नेपाली मञ्च युरोपको प्रथम अधिवेशन सुरु भएको छ ।

नेकपा एमाले केन्द्रीय सचिव तथा पूर्वमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन भएको हो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा युरोप इन्चार्ज सञ्जय थापा, केन्द्रीय सदस्य एवं पूर्वप्रमुख सचेतक महेश बर्तौला, केन्द्रीय सदस्य आरसी लामिछानेसहितको विशेष उपस्थिति रहेको थियो।

अधिवेशनमा युरोपका १६ देशबाट १७० प्रतिनिधि सहभागी छन् । अधिवेशन उद्घाटन समारोह युरोप संयोजक मुक्तबहादुर गुरुङको अध्यक्षता तथा सचिव शालिक थपलियाको सञ्चालनमा भएको थियो।

उद्घाटन सत्रमा मञ्च तथा एनआरएनएसँग आबद्ध विभिन्न व्यक्तिले शुभकामना मन्तव्य राखेका थिए । आजै हुने बन्द सत्रबाट नयाँ कार्यसमिति निर्वाचित गरिने सचिव शालिक थपलियाले जानकारी दिए।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्