डायस्पोरा
एमाले निकट प्रवासी नेपाली मञ्चको अध्यक्षमा प्रभुराम थापा निर्वाचित
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीको दोस्रो अधिवेशनबाट प्रभुराम थापा (अमेरिका)को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
समितिको उपाध्यक्षमा टङ्क राई (युएई), सचिवमा रामशरण सिम्खडा, (बेलायत), उपसचिवमा कृष्ण लामिछाने (अमेरिका) र ज्योति शर्मा (इजरायल)लगायत चयन भएका छन् ।
नवनिर्वाचित पदाधिकारीलाई आज नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले सो पार्टीको केन्द्रीय कार्यालयमा बधाई तथा शुभकामना दिए ।
अधिवेशनको उद्घाटन पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)का वरिष्ठ नेता विद्यादेवी भण्डारीले गरेकी थिइन् ।