डायस्पोरा

एनआरएनए १२औँ महाधिवेशनका लागि मतदाता नामावली प्रकाशित

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनका लागि मतदाता नामावली प्रकाशित गरिएको छ।

निर्वाचन समितिका सदस्य चिरञ्जीवी ढकालका अनुसार सोमबार बसेको निर्वाचन समितिको बैठकले पहिलो चरणको मतदाता नामावली सार्वजनिक गरेको हो। समितिले यसअघि प्रकाशित निर्वाचन तालिकामा सामान्य हेरफेरसमेत गरेको जनाएको छ।

यसअघि अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठले सोमबार बिहान निर्वाचन समितिलाई मतदाता नामावली हस्तान्तरण गरेका थिए।

संघको स्टेरिङ कमिटीले अध्यक्षद्वयलाई विभिन्न एनसीसी (राष्ट्रिय समन्वय समिति) मा देखिएका विवाद अन्त्य गर्दै प्रतिनिधिसम्बन्धी समस्या समाधान गर्न अधिकार प्रदान गरेको थियो। विभिन्न चरणमा भएको छलफलपछि अध्यक्ष महेश कुमार श्रेष्ठले मतदाता नामावली निर्वाचन समितिमा पठाएका हुन्।

निर्वाचन समितिका अनुसार पहिलो चरणमा ४ हजारभन्दा बढी प्रतिनिधिको नामावली प्रकाशन गरिएको छ।

बैठक निर्वाचन आयुक्त तथा पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा बसेको थियो।

एनआरएनएको १२औँ महाधिवेशन १४ देखि १६ गतेसम्म काठमाडौंमा हुने तय भएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.