साहित्य

‘पदभन्दा ठुलो पौरख’ पुस्तक लोकार्पित

काठमाडौँ। सरकारका पूर्व उपसचिव मीनप्रसाद ज्ञवालीद्वारा लिखित आत्मकथा पुस्तक ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक भएको छ। शनिवार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहबिच इतिहासबिद प्रा. दिनेशराज पन्तले पुस्तक लोकार्पण गर्नुभयो ।

सो अवसरमा इतिहास विधाप्रति चाख बढिरहेको पन्तले बताउनुभयो । ज्ञवालीको आत्मकथा सबैका लागि ज्ञान र प्रेरणाको स्रोत रहेको चर्चा गर्दै इतिहासबिद पन्तले पुस्तकमा उल्लेखित बहुआयामिक पौरखका कुराहरू प्रशंसनीय रहेको बताउनुभयो।

लेखक ज्ञवालीले आफ्नो पुस्तक व्यक्तिगत कथा मात्र नभएर सिङ्गो परिवार, समाज र समयको साक्षी भएको बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पूर्वउपसचिव ज्ञवालीको आत्मकथाभित्र अनेक सन्देश र इमानदार अभिलेख रहेको चर्चा गर्नुभयो ।

घोस्ट राइटिङ नेपालको आयोजनामा भएको कार्यक्रमका अध्यक्ष कमल ढकाल, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, उपप्राध्यापक तथा साहित्यकार ज्ञाननिष्ठ ज्ञवाली, सहन्यायाधिवक्ता हरिशंकर ज्ञवाली, नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवाली, संविधानसभा सदस्य सूर्यबहादुर सेन वली, डा. चोपलाल भुसाल, डा. शङ्करमान राई, साहित्यकारहरू भागीरथी श्रेष्ठ, भागीरथी ज्ञवाली लगायतले पुस्तकको बहुआयामिक पक्षहरूबारे चर्चा गर्नुभएको थियो ।

त्यस्तै मनीषा ज्ञवाली, आकृति ज्ञवाली, सुवासचन्द्र पौडेल, डा. पल्लवी ज्ञवाली लगायतले बोल्नुभएको थियो । घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तकको सम्पादन रेनुका आचार्यले गर्नुभएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्