अर्थ

नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ८२ अङ्कले घटेर दुई हजार ५९८ दशमलव ८९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ०२ अङ्कले घटेर ४६४ दशमलव ६३ मा पुगेको छ ।

त्यसैगरी, फ्लोट सूचक शून्य दशमलव ४३ अङ्कले घटेर १७९ दशमलव ०२  मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ६५ अङ्कले घटेर १५६ दशमलव ७८ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर रु चार अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ मूल्यमा खरिद बिक्री भएका छन् । तेह्र उपसमूहमध्ये तीन उपसमूह बढ्यो भने १० उपसमूह घट्यो ।  आज १०९ कम्पनीको सेयर बढ्यो भने १५७ कम्पनीको सेयर घट्यो । त्यसैगरी १३ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेकाअनुसार सिन्धु विकास बैङ्क, सयपत्री हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरलगायत लगानीकर्ताले कमाएका छन् । त्यसैगरी सानिमा ग्रोथ फण्ड, चिर्खवा हाइड्रोपावर, सोपन फर्मासिट्रिकल्सलगायतका लगानीकर्ताले गुमाएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्