खेलकुद

कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

काठमाडौँ । जापानमा भएको २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई कास्य पदक दिलाउने नेपाली राष्ट्रिय महिला कबड्डी टोली आज स्वदेश फर्किएको छ ।

मानमती विष्टको कप्तानीमा रहेको नेपाली महिला कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुदमन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, राखेप सदस्यहरु सिक्का सुवाल श्रेष्ठ, ललिता नाथ, मोनालिसा खम्बुलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभयो ।

एसियाडमा समूह ‘बी’ मा रहेको नेपालले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनल खेलमा भारतसँग पराजित भएसँगै नेपालले कास्य पदक प्राप्त गरेको थियो ।

सेमिफाइनल खेलमा भारतसँग नेपाल ४८–२४ अङ्कले पराजित भएको हो । त्यसअघि नेपालले समूह चरणको खेलमा थाइल्यान्डलाई हराएको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो । त्यसपछि अन्तिम खेलमा श्रीलङ्कालाई हराएर नेपाल सेमिफाइनलमा पुगेको थियो । यसअघि चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा समेत नेपाली महिला कबड्डी टोलीले कास्य पदक प्राप्त गरेको थियो । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्