नेपाल

चामे–बेँसीसहर सडक अवरुद्ध

मनाङ । हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे–बेँसीसहर सडकमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको छ । 

नासो गाउँपालिका–३ खोत्रोमा आज ढुङ्गासहित खसेको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले आज दिनभर पहिरो हटाउने प्रयास गर्दा पनि  नसकिएको जानकारी दिनुभयो ।

“माथिबाट चट्टान बीच सडकमा खसेकाले हटाउन सम्भव भएन, नेपाली सेनालगायतका सुरक्षाकर्मीको सहयोगमा विष्फोटक पदार्थ प्रयोग गरेर सडक खुलाउने प्रयासमा छौँ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले चाँडोभन्दा चाँडो सडक सञ्चालनमा ल्याउन आवश्यक भएको बताउनुभयो । यसबाट पर्यटक बढी प्रभावित बनेका उहाँले बताउनुभयो । पहिरो हटाएर अवरुद्ध सडक खुलाउन जिल्ला समन्वय समितिका उपप्रमुख सुरेन्द्र गुरुङसहितको टोली लागिपरेको छ ।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका इन्जिनियर नवीन विष्टले ड्रिलिङ गरेर सडक खुलाउने काम भइरहेको  बताउनुभयो । अन्य ठाउँमा गएको पहिरो भने हटाइएको उहाँले बताउनुभयो । मस्र्याङ्दी करिडोरअन्तर्गतको  सडकमा ठूला सवारीसाधन वर्षायाममा गुडाउँदा भासिने तथा पहिराको जोखिम बढ्ने गरेको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्