डायस्पोरा

बाढीपीडितका लागि युनाइटेड शेर्पा एसोसिएसनद्वारा ४६ लाख रुपैयाँभन्दा बढी हस्तान्तरण

कोलोराडो। युनाइटेड शेर्पा एसोसिएसन अफ कोलोराडोले नेपालका बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० हजार ४ सय ६ अमेरिकी डलर (करिब ४६ लाख ४३ हजार ४ सय २७ रुपैयाँ) जम्मा गरेको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको अपूरणीय क्षतिमा सहयोग गर्नु दायित्व ठानेर राहत रकम सङ्कलन गरिएको एसोसिएसनका अध्यक्ष ल्हाक्पा शेर्पाले बताएका छन्।

बाढी प्रभावितहरूको सहयोगका लागि एसोसिएसनले दुई सातासम्म अभियान सञ्चालन गरेको थियो। सोही अभियानबाट प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

विपद्को यस कठिन घडीमा सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति उनले आभार व्यक्त गरेका छन्। अध्यक्ष शेर्पाले भने, ‘सहयोग रकमले बाढी प्रभावितहरूको राहत तथा पुनर्स्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास लिएको छु।’

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्