खेलकुद

आसिफ ‘प्लेयर अफ द म्याच’ र सन्दीप ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको रोमाञ्चक फाइनल भिडन्तमा संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपालले उपाधि हात पारेको छ।

नेपाललाई उत्कृष्ट सुरुआत दिलाउने क्रममा ओपनर आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रनको शतकीय पारि खेले। अन्तर्राष्ट्रिय एकदिवसीय (वडिआई) मा दोस्रो शतक प्रहार गरेका आसिफ निर्णायक खेलमा टोलीलाई बलियो स्थितिमा पुर्‍याएबापत ‘प्लेयर अफ द म्याच’ घोषित भए।

त्यस्तै, प्रतियोगिताभर उत्कृष्ट बलिङ प्रदर्शन गर्दै सर्वाधिक १७ विकेट लिएका नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेका छन्। उनले फाइनल खेलमा पनि १ विकेट हात पारेका थिए।

नेपालले प्रस्तुत गरेको ३१४ रनको फराकिलो लक्ष्य पछ्याएको युएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्