खेलकुद
आसिफ ‘प्लेयर अफ द म्याच’ र सन्दीप ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित
काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको रोमाञ्चक फाइनल भिडन्तमा संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपालले उपाधि हात पारेको छ।
नेपाललाई उत्कृष्ट सुरुआत दिलाउने क्रममा ओपनर आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रनको शतकीय पारि खेले। अन्तर्राष्ट्रिय एकदिवसीय (वडिआई) मा दोस्रो शतक प्रहार गरेका आसिफ निर्णायक खेलमा टोलीलाई बलियो स्थितिमा पुर्याएबापत ‘प्लेयर अफ द म्याच’ घोषित भए।
त्यस्तै, प्रतियोगिताभर उत्कृष्ट बलिङ प्रदर्शन गर्दै सर्वाधिक १७ विकेट लिएका नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेका छन्। उनले फाइनल खेलमा पनि १ विकेट हात पारेका थिए।
नेपालले प्रस्तुत गरेको ३१४ रनको फराकिलो लक्ष्य पछ्याएको युएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।