नेपाल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा परी एक सय ५७ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको जनाको खोजी कार्य जारी छ । 

सम्पर्कविहीन भएकामध्ये नौ जना भेटिएका छन् । भेटिनेमा तीन पुरुष, दुई महिला र चार बालबालिका रहेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेका अनुसार एक सय १५ पुरुष, ३९ महिला र तीन बालकको खोजी कार्य जारी छ ।

बेपत्ता भएकामध्ये अन्य जिल्ला स्थायी ठेगाना भएर  ललितपुर बस्ने  ९९ जना छन् । जसमा ८१ पुरुष, १७ महिला र एक बालक छन् । बाढीमा परी ललितपुरमा  बसोबास गर्ने ४१ विदेशी नागरिक हराइरहेका छन् । बेपत्ता विदेशी नागरिकमा २० महिला, १९ पुरुष र दुई बालक छन् । जसमा युक्रेनका १३, अस्ट्रेलियाका १०, अमेरिका र भारतका पाँच–पाँच, चीनका चार, कोरियाका तीन र बेलायतका एक जना छन् ।

यस्तै बाढीमा परी घाइते भएका २४ जना (२० पुरुष, तीन महिला र एक बालिका)मध्ये २२ जना उपचारपछि घर फर्किएका छन् । एक जना पुरुषको  ग्वार्कोस्थित बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ भने बालिकाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको  प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।

बाढीमा परी ज्यान गुमाएका पाटन सुन्धाराका दुई जना (एक महिला र एक पुरुष) को शव परिवारको जिम्मा लगाइएको प्रजिअ घिमिरेले बताउनुभयो । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्