डायस्पोरा

अमेरिकी विदेशमन्त्री रुबियो र रास्वपाका सभापति लामिछानेबिच टेलिफोन वार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबिच सोमबार टेलिफोन वार्ता गर्नुभएको छ।

टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै नेपाली जनता तथा सरकारप्रति ऐक्यबद्धता जनाउनुभएको रास्वपाले जनाएको छ ।

सभापति लामिछानेले सो अवसरमा नेपाल सरकारको जारी खोजी, उद्धार तथा राहत वितरणका काममा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको बताउनुभएको थियो । साथै उहाँले विदेशमन्त्री रुबियोलाई हालै यहाँ आएको बाढीबाट प्रभावित विदेशी नागरिकहरूको सुरक्षा तथा संरक्षणका लागि नेपाल प्रतिबद्ध रहेको विश्वास दिलाउनुभएको थियो ।

सभापति लामिछानेले यस कठिन समयमा अमेरिकी सरकारबाट प्राप्त सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्नुभएको थियो । यसैबिच विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको रास्वपाले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्