साहित्य

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी नियुक्त

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्रीले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गर्नुभएको छ।

मन्त्रालयका अनुसार मिति २०८३ साउन १९ गतेको निर्णयअनुसार तीनवटै प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य-सचिव र परिषद् सदस्य मनोनयन गरिएको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी, उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ र सदस्य-सचिवमा रूपन्देहीका रोशन शेरचन नियुक्त हुनुभएको छ।

यसै गरी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ललितपुरकी एरिणा ताम्राकार, उपकुलपतिमा ललितपुरकै चन्द्र श्याम डङ्गोल र सदस्य-सचिवमा दोलखाका कैलाश कुमार श्रेष्ठ मनोनित हुनुभएको छ।

त्यस्तै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा काठमाडौँका ब्रजेश खनाल, उपकुलपतिमा ताप्लेजुङकी झुमा लिम्बू वनेम र सदस्य-सचिवमा मोरङका भुपेन्द्र सिंह रायमाझी नियुक्त हुनुभएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्