साहित्य

पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत

सोलुखुम्बु । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा सोलुखुम्बुको सल्लेरीमा आयोजित १९ औँ दुईदिने कलासाहित्य यात्रा सम्पन्न भएको छ । मुलुकका विभिन्न जिल्लामा पुगेर बर्सेनि गरिँदै आएको कलासाहित्य यात्रा यस पटक सल्लेरीमा गरिएको हो । सो अवसरमा प्रतिष्ठानद्वारा योगेश्वर वाङ्मय पुरस्कार र ग्रेगरी कलासंस्कृति पुरस्कारसमेत प्रदान गरिएको थियो । 

समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार अशेष मल्लले योगेश्वर वाङ्मय पुरस्कार रुकुमका स्रष्टा पूर्ण ओली र ग्रेगरी कलासंस्कृति पुरस्कार सोलुखुम्बुका मनुहाङ किराँतीलाई प्रदान गर्नुभयो । दुवै पुरस्कार क्रमशः २५ हजार र २० हजार नगद राशिसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमुख्यसचिव साहित्यकार विमल कोइरालाले साहित्यको वर्तमान अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । संस्थाकी अध्यक्ष मोमिला जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्रष्टा लक्ष्मण गाम्नाङे, मधुपर्कका सम्पादक तुलसीहरि कोइराला, मणि लोहनी, जयदेव भट्टराईलगायतले सिर्जना वाचन गर्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्