कोलोराडोमा बिशेष साहित्यिक कार्यक्रमका साथ २१३ औँ भानु जयन्ति सम्पन्न
नातिबाब भट्ट, कोलोराडो। नेपाली भाषिक एकताका नायक आदिकवि भानुभक्तको २१३ औँ जन्म जयन्ति अमेरीकाको कोलोराडोमा एक विशेष साहित्यिक कार्यक्रमको साथ भएको छ।
ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडो र कोलोराडो नेप्लिज कम्यूनिटीको आयोजनामा कार्यक्रम प्रस्तोता, लेखक तथा सञ्चार विश्लेषक अच्युत घिमिरे तथा मदन पुरस्कारबाट सम्मानित नेपाली साहित्यका महाकाव्यकार नवराज लम्सालको समुपस्थितीमा भानु जयन्ति मनाउने कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी बुद्दीजिवी, समाजसेवी, गन्यमान्य, साहित्य अनुरागी, नेपालीभाषी बुबाअमा दाजुभाइ दिदीबिहनीहरूको बाक्लो उपस्थिती रहेको थियो ।
नेपाल र अमेरीकाको राष्ट्रिययगान बजाएर सुरूगरिएको कार्यक्रम मदन पुरस्कारबाट सम्मानित वरिष्ठ साहित्यकार एबं कार्यक्रमका प्रमुख अतिथी डा. नवराजले भानुभक्तको फोटोमा मार्ल्यापण गरि उद्घाटन गरेका थिए भने अमेरीकामा जन्मेर हुर्के बढेका बाबुनानीहरूले रामायणसहित भानुभक्तका रचनाहरू वाचनगरी कार्यक्रमलाइ अगाडी बढाएका थिए ।
कार्यक्रममा ग्लोबल भूटिनज कम्युनिटी अफ कोलोराडोका संस्थापक सदस्य, सल्लाहकार तथा समाजसेवी केदार खितवडाले स्वागत मन्तब्य दिदै भानुभक्तको इतिहास कोट्याएका थिए ।
त्यसपछि कार्यक्रमका मुख्य आकर्षक अच्युत घिमिरेको प्रश्तुती शुरूभएको थियो। संगितको मधुर धुनसंगै शुरूभएको उनको प्रश्तुतीमा उनले झण्डै दुइदर्जन जति देशतथा बिदेशमा रहेका सर्जकहरूद्वारा रचना गरिएको कविता, गजल, लगुकथा रेडियो प्रसारणकै शैलीमा सुनाएर सहभागीलाइ मन्त्रमुग्ध बनाएका थिए । उनलाइ बाँसुरीबाट सर्वजित राइ र कि वोर्डबाट गणेश गजमेरले साथ दिएका थिए ।
यसैगरी कार्यक्रमका बिशिष्ठ अतिथी रूपमा वरिष्ठ साहित्यकार डा. ज्ञानेन्द्र गदाल, समाजसेवी नारायण श्रेष्ठको उपस्थिती रहेको थियो।
उनीहरूले कार्यक्रमलाइ संम्बोधन गर्दै साहित्य क्षेत्रका दुइ महान हस्तीहरूलाइ जुटाएर ज्यादै उत्कृष्ठ कार्यक्रम सम्पन्न गरेको भन्दै आयोजकको मुक्त कण्ठले प्रशंसा गरेका थिए।
त्यस्तै कार्यक्रममा सिनेकर्मि नवराज श्रेष्ठ, लमिन तमाङ, गायिका रिमा गुरूङ, साहित्यकार भुपेन्द्र महत, समाजसेवी अस्वि मिजार, तिलु खालिङ लगायत धेरै संघ संस्थाका पदाधिकारीहरूको जमघट रहेको थियो।
ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोका अध्यक्ष चुडा बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष बराल र प्रमुख अतिथी लम्सालले कलाकारहरूलाइ सम्मानपत्र प्रदानगरी सम्मान गरेका थिए । कलाकारहरूलाइ सम्मानपछि सभालाइ संम्बोधन गर्दै डा. नवराज लंम्सालले आफु यसपटक अमेरीका साहित्यिक कार्यक्रमकैलागी आएको र कोलोराडोमै दुइठुला साहित्यिक कार्यक्रममा सहभागी हुनपाउनु अहोभाग्य भएको भन्दै अच्यूत घिमीरेको क्षमताको प्रशंसा गरे । त्यस्तै उनले अमेरीकामै जन्मिएका कान्छो पुस्तासमेत यसरी रामायण गाउने भएको देख्न पाएको भन्दै खुसी ब्यक्त गरे । यस्तो देशमा आइपुगेर पनि नेपाली भाषा, आदिकवि, नेपालीपन र पहिरनप्रति उनीहरूको गहिरो आस्था, विश्वास र समर्पण सम्झना सम्मानयोग्य रहेको बताएका थिए।
मनि खालिङ राइले संचालन गरेको कार्यक्रमको अन्तमा कार्यक्रमका सभापती बरालले संस्थाको निमन्त्रणालाइ स्विकारगरी नेपाल तथा अमेरीकाको बिभिन्न स्टेटबाट आएर कार्यक्रममा सहभागीभइ भब्य र सब्य तरिकाबाट सफल बनाउन सहयोग गर्नुहुने सबैलाइ धन्यवाद दिदै कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए।
भानुभक्त आचार्य नेपाली भाषाका प्रथम महाकवि भएकाले उहाँलाई “आदिकवि” को उपाधि दिइएको छ। उनको जन्म तनहु जिल्लाको चुँदी रम्घामा भएको थियो। संस्कृतमा सीमित रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आम जनतासम्म पुर्याएकोले भाषीक एकतामा उनको सबैभन्दा ठूलो योगदान मानिन्छ। संस्कृतको वाल्मीकि रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी नेपाली साहित्यलाई जनस्तरसम्म पुर्याइ उनले नेपालमा भाषिक एकता गरेका थिए। नेपाली भाषा र साहित्यको विकासमा अतुलनीय योगदान भएकाले उनको जन्मदिनलाई हरेक वर्ष भानु जयन्तीका रूपमा नेपाल तथा विश्वभरका नेपालीभाषी समुदायले मनाउने गरेका छन् ।
कार्यक्रमका विशेष व्यक्ति अच्युत घिमिरे नेपाली सञ्चार क्षेत्रका परिचित पत्रकार, कार्यक्रम प्रस्तोता, लेखक तथा सञ्चार विश्लेषक हुन् । उहाँ विशेषगरी रेडियो र टेलिभिजनमा गम्भीर, साहित्यिक तथा बौद्धिक शैलीका कार्यक्रम सञ्चालनका लागि परिचित छन् । श्रुती संवेग, र बुलबुल कार्यक्रम मार्फत नेपाली साहित्य, कविता, गजल, कथा र सिर्जनात्मक अभिव्यक्तिलाई श्रोतामाझ पुर्याएर लोकप्रिय भएका हुन्। उनको सशक्त वाचन, स्पष्ट उच्चारण र भावपूर्ण प्रस्तुतीका रहेको छ।
त्यसैगरी मदन पुरस्कारबाट सम्मानित नवराज लंम्साल नेपालीभाषा साहित्यका सशक्त कवि, महाकाव्यकार, कुशल प्रश्तोता, गीतकार, लेखक तथा प्रशासक हुन्। उनका सरल संवेदनशील र विचारप्रधान लेखन शैलीका कारण नेपाली साहित्यमा विशिष्ट पहिचाहन बनाउन सफल भएका छन् । यिदुइ नेपालीभाषा साहित्यका खम्वाहरूको उपस्थितीले कार्यक्रमलाइ धेरैपछि सम्म स्मरणिय बनाएको आयोजकहरूको दावी रहेको छ।