मनोरंजन

नवौँ राष्ट्रिय लोकदोहोरी अवार्ड, २०८३’ का लागि उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

‘सर्वाेत्कृष्ट लोकदोहोरी गायक’तर्फ खेम सेन्चुरी (तल्लो बाटो), सागर आले (युके बस्ने दाई), प्रकाश दुतराज (छैन र माया), अर्जुन सापकोटा (झलीको), कुशल बेल्वासे (काँचो सुपारी), ‘सर्वाेत्कृष्ट लोकदोहोरी गायिका’तर्फ शान्ति श्री परियार (जुनेली रातै रातैमा), शान्तारानी परियार (स्याउली बजारमा), दिपिका ब्यम्बो मगर (कस्मिरे पछेउरी), कालिका रोका (देउरालीलाई फूलपाति धजा), निशा गुरुङ (युके लन्डनको) उत्कृष्ट पाँचमा परेका छन् ।

काठमाडौँ  ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ‘गरिमा नवौँ राष्ट्रिय लोकदोहोरी अवार्ड, २०८३’ का लागि २४ विधामा उत्कृष्ट पाँच कलाकार र सिर्जना छनोट गरेको छ। निर्णायक समितिले २०८० देखि २०८२ सम्म सार्वजनिक भएका गीतहरूमध्येबाट १२० उत्कृष्ट कलाकार तथा स्रष्टालाई मनोनयनमा समावेश गरेको छ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रिता थापामगर, उपत्यका समितिका अध्यक्ष प्रसाद लामिछानेसहितको उपस्थितिमा निर्णायक समितिका संयोजक एवं पूर्वकेन्द्रीय अध्यक्ष दुर्गा रायमाझीको नेतृत्वको छनोट समितिले हरेक विधातर्फ रचनाका बोल, शब्द र सम्पादनसहित विभिन्न २४ विधामा १२० उत्कृष्ट कलाकार छनोट गरेको हो ।

समन्वय समितिका उपाध्यक्ष राजेश ढकालका अनुसार आगामी भदौ ६ गते काठमाडौँमा हुने ‘अवार्ड’ मा श्रोता दर्शकको ‘भोटिङ’ र निर्णायक समितिको निर्णयका आधारमा हरेक विधामा एक/एक सर्वाेत्कृष्ट घोषित हुनेछन् । प्रतियोगिताका लागि मुलुकभरबाट आवेदन परेको थियो ।

अवार्डअन्तर्गत २०८०–२०८२ सम्मको ‘सर्वाेत्कृष्ट लोकदोहोरी गायक’तर्फ खेम सेन्चुरी (तल्लो बाटो), सागर आले (युके बस्ने दाई), प्रकाश दुतराज (छैन र माया), अर्जुन सापकोटा (झलीको), कुशल बेल्वासे (काँचो सुपारी), ‘सर्वाेत्कृष्ट लोकदोहोरी गायिका’तर्फ शान्ति श्री परियार (जुनेली रातै रातैमा), शान्तारानी परियार (स्याउली बजारमा), दिपिका ब्यम्बो मगर (कस्मिरे पछेउरी), कालिका रोका (देउरालीलाई फूलपाति धजा), निशा गुरुङ (युके लन्डनको) उत्कृष्ट पाँचमा परेका छन् ।

‘सर्वाेत्कृष्ट लोक दोहोरी नवगायक’ मा शीतल गुरुङ (भागौला त्रिशूली तरेर), किरण विसी (गोर्खाली), रायन बस्याल (घामपानी छाता), सुरेश अन्जान (हिमाली फूल), अनिल पुनमगर (गुन्युचोली) ‘सर्वाेत्कृष्ट लोक दोहोरी नवगायिकातर्फ निर्मलादेवी बस्नेत (तिम्लाइ पछेयौरी किन्दिउला), सिम्रन परियार बैनीको कहाँ पर्यो घर), शान्ति शिरिष मगर (युके बस्ने दाई), सीमा नेपाली (जयजय होस्), गरिमा कार्की (अन्त नभने) उत्कृष्ट पाँचमा छानिएका छन् ।

‘सर्वाेत्कृष्ट लोकदोहोरी शब्द’तर्फ नेत्र अर्याल (तल्लो बाटो), सन्तोष सापकोटा (झलीको), विक्रमबाबु विश्वकर्मा (गण्डकी), सुरेश रानामगर (युके बस्ने दाई), दीपक अधिकारी (म त तिम्रो होइन मायालु), ‘सर्वाेत्कृष्ट लोक दोहोरी लय’ तर्फ अर्जुन सापकोटा (झलीको), गोविन्द पङ्गेनी (भागौला त्रिशूली तरेर), एचबिएन किस्मत (खोली सलल), नन्दु परियार (स्याउली बजारमा), अशिम चन्द विश्वकर्मा (गण्डकी) छानिएका छन् ।

‘सर्वाेत्कृष्ट लोकदोहोरी गीत’ मा विनोद बाजुराली (हियारै), सुदीप अधिकारी (घुमाउने घर पोखरामा), सूर्य खड्का (पचास तिरको), कोमल नेपाली (स्याउली बजारमा), खुसी गुरुङ (हङकङको चिनो) छनोटमा परेका छन् ।

‘सर्वाेत्कृष्ट लोक गीत’ मा बालकुमार श्रेष्ठ (जप्दै नाम आमा), घनश्याम रिजाल  (साथी), शम्भु कुँवर (तम्रो त यो दुनियाँ छ) सुरेश खत्री (ए आमा),  दुर्गामाया गुरुङ (उहीसँग दिल बस्यो हजुर) तथा ‘सर्वाेत्कृष्ट लोक दोहोरी गीत नायक नृत्य’ मा लोमश शर्मा (गोर्खे खुकुरी), गोविन्द पहाडी (नजर तेतै छ), बबिनसिंह ठकुरी (गुन्युचोलीमा), विजय पुन (युके बस्ने दाई), अनिल पौडेल (माया आउने बसमा) छनोटमा छन् ।

‘सर्वाेत्कृष्ट लोकदोहोरी गीत नृत्य नायिका’, ‘सर्वाेत्कृष्ट लोकदोहोरी गीत नृत्य निर्देशक’, ‘सर्वाेत्कृष्ट लोकदोहोरी गीत अभिनय नायक’ ‘सर्वाेत्कृष्ट लोकदोहोरी गीत अभिनय नायिका’ आदि विधामा उत्कृष्ट पाँच छनोट भएका छन् । अन्य विधामा मिक्सिङ मास्टरिङ, गीत एरेन्ज, छायाङ्कन, सम्पादन, परम्परागत गीत, प्रतियोगी गायिका, दोहोरी साँझ गायक गायिका रहेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्