अमिषा पटेल भन्छिन: ‘म कुनै पुरुषलाई सम्हाल्न सक्दिनँ’
मुम्बई । सामाजिक संजालमा उनले एकाउन्टमा गरेको अपडेट पोस्ट अनुसार अभिनेत्री अमिषा पटेलको तत्काल विवाह गर्ने कुनै योजना छैन।
यद्यपि, उनले आफ्नो प्रेम जीवन र करियरबीच सन्तुलन मिलाउनु चुनौतीपूर्ण रहेको र प्रेमलाई त्यागेर अभिनय रोजेको र करियर प्रतिको आफ्नो लगावलाई निरन्तरता दिने निर्णय गरेको बताएकी छिन्।
हालै ‘एक्स’ मा आयोजित ह्यास ट्याग आर्मीमा अमिषा पटेलले आफू विवाह गर्ने योजनामा नरहेको बताएकी हुन्।
एक प्रशंसकले उनलाई सोधे, “तपाईं कहिले विवाह गर्दै हुनुहुन्छ?”
अमिषाको जवाफ छोटो र स्पष्ट थियो। उनले लेखिन्, “कहिल्यै होइन। म अविवाहित रहँदा नै अत्यन्त खुसी छु। मलाई माया गर्ने हजारौं परिवारजन र साथीहरू छन्। कुनै पुरुष आएर ती सबै कुरा बदल्ने अवस्था म सम्हाल्न सक्दिनँ।”
विभिन्न व्यक्तिहरूसँगको प्रेम, डेटिङ र घनिष्ठ सम्बन्धका अनुभवहरू खुला रूपमा बाँड्ने गरे तापनि, विवाह नगर्नुको कारणबारे उनी भन्छिन्, “म पुरुषलाई सम्हाल्न सक्दिनँ।”
आफ्नो जीवनको पूर्ण रूपमा आनन्दका साथ बिताइरहेकी यी अभिनेत्रीले अभिनयको दुनियाँबाट लामो समयसम्म टाढा रहेकी भए पनि हिजो आज करियरबारे ठुला कुरा गर्ने गरेकी छिन्।