अर्थ

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले घटेर दुई हजार ६७२ दशमलव ५८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३१  अङ्कले घटेर ४६७ दशमलव ६९ पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ९७ अङ्कले घटेर १८३ दशमलव ५९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव ७७ अङ्कले घटेर १५८ दशमलव ५० मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ७५ लाख ४८ हजार ५९१ कित्ता सेयर रु तीन अर्ब ३८ करोड १३ लाख १८ हजार २४८ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये आज १३ वटै उपसमूह घटेका छन् । आज ५९ कम्पनीको सेयर बढ्यो भने २०६ कम्पनीको सेयर घट्यो । त्यसैगरी  ११ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी, सुभम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यस्तैगरी कालिञ्चोक हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैङ्क र सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्