राजनीति

संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभाको पुन:स्थापना नै उपयुक्त : एमाले

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा नेताहरूले संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभाको पुन:स्थापना नै उपयुक्त माध्यम हुनेमा जोड दिनुभएको छ ।

बैठकमा संविधान र जनअधिकारको रक्षाको लागि प्रतिनिधिसभाको पुनःस्थापना गरेर जानुपर्छ भन्ने कुरा उठेको भएपनि एमाले निर्वाचनबाट भाग्न नखोजेको स्पष्ट पार्दै बैठकपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिलेकै अवस्थामा भने निर्वाचनको वातावरण नबनेको बैठकमा कुराहरू आएको जानकारी दिनुभयो ।

बैठकमा नेतृत्व परिवर्तनमा केन्द्रित भएर छलफल नचलेको र यो विषय पार्टीको आगामी महाधिवेशनले नै निष्कर्षमा पुर्‍याउने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।

नेकपा एमाले केन्द्रीय कमिटीको आजको बैठकमा १ सय ३४ जनाले धारणा राखेको र भोलि पनि बैठक बस्ने पुनः बस्ने नेकपा एमालेले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.