एक्सक्लुसीभ

कांग्रेसको दुई सय पेजको प्रतिज्ञाः सङ्घमा १६ र प्रदेशमा ६ मन्त्रालय

काठमाडौँ । नेपाली कांग्रेसले सङ्घमा १६ र प्रदेशमा ६ मन्त्रालय मात्र राख्ने चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक भएको प्रतिज्ञामा कांग्रेसले सङ्घमा १६ र प्रदेशमा ७ मन्त्रालय रहने र अनावश्यक संरचना खारेज गर्ने उल्लेख गरेको हो।

प्रतिज्ञामा कांग्रेसले एक नागरिक एक डिजिटल स्वास्थ्य प्रोफाइल तयार पार्ने उल्लेख गरेको छ। कांग्रेसले आगामी पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय दुई हजार ५ सय अमेरिकी डलर पुर्‍याउने उल्लेख गरेको छ। कांग्रेसले ‘डिजिटल पौरख, क्लाउडमा काम नेपाली युवाको विश्वमा नाम’को नारासमेत समेटेको छ। वार्षिक ३० लाख पर्यटक भित्र्याउने कांग्रेसको योजना छ।

कांग्रेसले संवैधानिक आयोगमा भागबण्डाको आधारमा नियुक्ति हुन नदिने प्रतिज्ञा गरेको छ। अबको पाँच वर्षभित्र मुलुकबाट भ्रष्टाचार पूर्णरूपमा अन्त्य गर्ने दाबी गरेको कांग्रेसको प्रतिज्ञामा युवालाई भविष्यका कर्णधार नभई वर्तमानका साझेदार भएको उल्लेख गरेको छ। युवालाई संविधानमा उल्लेखित सबै हकउपयोग गर्ने वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गरेको छ। एक पटककको नेपाली सधैँको नेपाली नारालाई कांग्रेसले प्रतिज्ञामा समेटेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.