इमिग्रेशन अपडेट

ब्रिस्टलमा आप्रवासन विरोधी प्रदर्शन, प्रति-प्रदर्शनकारीहरूसँग झडप

लन्डन । बेलायतको ब्रिस्टल शहरमा आप्रवासन विरोधी प्रदर्शनकारीहरूले मार्च निकालेका छन् र प्रति-प्रदर्शनकारीहरूसँग झडप भएको छ।

करिब १ सय जनाको समूहले शहरको केन्द्रमा रहेको द सेनोटाफ र कलेज ग्रीनको बीचमा झण्डा फहराउँदै मार्च गरे, जसको नजिकै लगभग २०० प्रति-प्रदर्शनकारीहरू तैनाथ थिए।

प्रति-प्रदर्शनका सदस्यहरूले उनीहरूको मार्चमा उनीहरूलाई रोके, जसले गर्दा शारीरिक भिडन्त भएको प्रत्यक्ष दर्शीहरुले बताएका छन् ।

आजको प्रदर्शन सहित दुई महिनाको अवधिमा शहरमा तेस्रो संगठित आप्रवासन विरोधी विरोध प्रदर्शन आयोजना भएको हो।

एभन र सोमरसेट प्रहरीले प्रदर्शनकारीहरुलाई घृणा र असहिष्णुता फैलाउने कार्य स्वीकार्य नहुने चेतावनी सहित ठूलो उपस्थिति जनाएको थियो।

प्रहरीले मार्च मार्गको सुरु र अन्त्यमा दुवै समूहका लागि छुट्टाछुट्टै क्षेत्रहरू तोकेको थियो ।

ब्रिस्टल प्याट्रियट्स भन्ने समूहका प्रदर्शनकारीहरुले वेस्टका स्थानियहरु कर र अध्यागमन नीतिहरूका कारण सरकारबाट वाक्क भइसकेको बताए । उनीहरुले आफ्नो विचार भएका मानिसहरूलाई लगाइएको आरोप  पनि अनुचित भएको बताए।

आइतबार बिहान ११:०० बजे ब्रिस्टल शहरको केन्द्रमा रहेको सेनोटाफमा प्रदर्शनकारी र प्रति-प्रदर्शनकारीहरू भेला हुन थालेका थिए ।

अन्दाजी २ बजे ब्रिस्टलको समय अनुसार, आप्रवासन विरोधी प्रदर्शनकारीहरूले कलेज ग्रीनतिर मार्च सुरु गरे, जहाँ उनीहरूले समर्थकहरूको लागि र्‍याली निकालेका थिए ।

प्रहरी अधिकारीहरूको नेतृत्वमा, उनीहरूले प्रति-प्रदर्शनकारीहरूमा “तिमीलाई लाज लाग्छ” भन्ने नारा लगाएका थिए भने, प्रति-प्रदर्शनकारीहरूको समूहसंग आमने सामुन्ने भएको थियो ।

बिहीबार, एभन र सोमरसेट प्रहरीले आइतबारको प्रदर्शनको लागि तितरबितर गर्ने शक्तिहरू ल्याउने घोषणा गर्‍यो, जसको अर्थ प्रहरीले उत्पीडन, अलार्म वा समस्या निम्त्याउने जो कोहीलाई पनि क्षेत्र छोड्न भन्न सक्छ, र यदि उनीहरूले आफ्नो पहिचान लुकाउन खोजे भने मानिसहरूबाट अनुहार छोप्ने कपडा हटाउने अधिकार पनि प्रहरीलाई दिइएको थियो।

यी नियमहरू उपस्थित दुवै समूहहरूमा लागू गरिएको थियो ।

ब्रिस्टलका दुई कला स्थलहरू, स्पाइक आइल्याण्ड र द अर्नोल्फिनीले विरोध प्रदर्शन अघि संयुक्त विज्ञप्ति जारी गर्दै भनेका थिए कि जो कोही पनि धम्की महसुस गर्छन् उनीहरू सुरक्षित स्थानको रूपमा उनीहरूको स्थलहरूमा जान सक्छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.