इमिग्रेशन अपडेट

आप्रवासीहरुले अष्ट्रेलियालाई समृद्ध बनाएका छन् : लिबरल सांसदहरूको समूह

आश्मा चालिसे, मेलबर्न। लिबरल सांसदहरूको समूहले एडभान्सको आप्रवासन विरोधी अभियानले पार्टीलाई हानि पुर्‍याएको र आप्रवासी समुदायहरूलाई अलग्याउदै लगेकोमा चिन्ता व्यक्त गरेका छन्।

मे महिनाको संघीय चुनावदेखि एडभान्सको मेटा विज्ञापनहरुमा आप्रवासन विरोधी विज्ञापनहरू अभियानको रुपमा प्रचार, प्रसार हुदै आएको छ ।

एउटा विज्ञापनमा भनिएको छ, ‘अल्बानीज सरकारले आप्रवासीहरूले “देशलाई बाढी” दिएको चेतावनी दिएको छ, जसको परिणामस्वरूप देशको मूल्य मान्यताहरू “धम्कीमा परेको” छ।’

अर्को विज्ञापनमा भनिएको छ, ‘सामुहिक आप्रवासनले “अष्ट्रेलियालाई टुक्राटुक्रा पारिरहेको” र “अष्ट्रेलिया यसबाट बच्न सक्दैन’ जसमा प्रदर्शनकारीहरूले अष्ट्रेलियाको झण्डा जलाएको तश्वीर समावेश गरिएको छ ।

एडभान्सले लामो समयदेखि कुनै पनि राजनीतिक दलको लागि प्रचार नगर्ने दाबी गर्दै आएको छ, तर लिबरल पार्टीसँगको लामो समयदेखि यसको सम्बन्ध रहदै आएको छ।

यस महिना पार्टीमा आप्रवासन मुद्धामा चिन्ता बढ्यो जब पूर्व एडभान्स प्रवक्ता ज्यासिन्टा नाम्पिजिन्पा प्राइसलाई मन्त्रालयबाट हटाइयो जब उनले प्रमाण बिना संघीय सरकारको आप्रवासन कार्यक्रमले भारतीयहरूलाई निर्वाचन जित्न मद्धत गरेको दाबी गरेकी थिइन् ।

गार्जियन अष्ट्रेलियासँग कुरा गर्दै लिबरल सांसदहरूले एडभान्सको पछिल्लो अभियानमा निराशा व्यक्त गरे, र मे महिनामा भएको भारी हारपछि यसले पार्टीलाई थप क्षति पुर्याउने बताए ।

लिबरल सांसदहरुले भने, ‘कट्टरपन्थी आप्रवासन विरोधी अडानले समस्याहरु निम्त्याएको छ।’

एक वरिष्ठ लिबरल सांसदले भने कि समूहको आप्रवासन विरोधी अभियानको “जातीय अर्थ” छ र यसलाई संसदीय दलले अँगाल्ने छैन।

‘यो अहिले लिबरल पार्टीमा तातो विषय हो र यसले धेरैलाई विचलित पार्ने छ।’

उनीहरूले भने कि अष्ट्रेलियाको आप्रवासन कार्यक्रमको आलोचना महत्त्वपूर्ण थियो तर यो समझदार र सम्मानजनक हुनु आवश्यक थियो।

अर्का लिबरल सांसदले भने कि कार्यकर्ताको सानो समुहले प्रयोग गरेको आप्रवासन विरोधी भाषा” “कुनै पनि परम्परागत रूढिवादी सोचमा आधारित छैन ।

लिबरल सांसदहरुले सामुहिक स्वरमा भने, ‘यहाँ बसोबास गर्ने आप्रवासीहरुले कसैलाई ‘प्रतिस्थापन’ गरेका छैनन्। बरु उनीहरूले राष्ट्रलाई समृद्ध बनाएका छन्।’

तथ्याङ्क ब्यूरोको अनुमान अनुसार यो वर्षको मार्चसम्ममा कुल विदेशी अष्ट्रेलिया बसाइँसराइ ३१६,००० भन्दा कम छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.