मनोरंजन

एनआरएनए इंग्ल्याण्ड राज्य परिषदद्वारा आयोजित च्यारिटी सांगीतिक साँझ सम्पन्न

लण्डन । लोकप्रिय गीत “पोइल जान पाम शिव” प्रत्यक्ष कोमल ओलीको मखमली आवाजमा हेर्दै र सुन्दै पलम स्तिडमा भेला भएका च्यारिटी विशेष कार्यक्रमका दर्शकले कम्मर मर्काई नाचेको दृश्यले मनानोहक बनेन साँझ, मन खोलेर दान गरे दांगमा एम्बुलेन्स सेवा संचालन गर्न बेलायतका नेपालीहरुले ।

बेलायतमा बसोबास गर्ने नेपालीहरुलाई सेवा परमो धर्म संग जोड्ने र कोमल ओलीसंग नाच्ने, गाउने र रमाउने अवसर गैर आवासिय नेपाली संघ, (एनआरएनए) इंग्ल्याण्ड राज्य परिषदले मिलाएको थियो ।

कोमल ओलीलाई निम्त्याएर एनआरएनए इंग्ल्याण्ड राज्य परिषदका नव निर्वाचित अध्यक्ष राममाया थापाको स्वागत र संयोजनमा आयोजित च्यारिटी साँझमा दांगमा एम्बुलेन्स खरिद गर्न १२ सय पाउण्ड संकलन भएको थियो ।

अध्यक्ष राममाया थापा भन्छिन्, ‘एनआरएनए इंग्ल्याण्ड राज्य परिषद, बेलायतको नेपाली समुदायको हितमा क्रियाशील हुदै छ । कोमल ओलीको उपस्थितिमा हामीले दांगमा एम्बुलेन्स खरिद गर्ने कार्यको लागि सानो अंसको रकम संकलन गर्न सफल भयौ। सेवा परमो धर्मको मूल मन्त्र सहित समुदयाको हितमा अरु धेरै कार्यक्रम लिएर आउदैछौ ।’

कार्यक्रममा गायिका ओलीले आफू पूर्व सांसद भएको बताउदै भविष्यमा पनि राष्ट्रिय राजनीतिमा सक्रिय रहने र दांगबाट प्रत्यक्ष निर्वाचन लडेर सांसद चुनिने दावी गरिन् ।

उनले आयोजक राममाया थापा र साथिहरुलाई धन्यवाद दिदै आफ्नो गीत संगीतबाट हुने आम्दानीको केही हिस्सा दाङमा सुरु गर्न लागिएको एम्बुलेन्स सेवामा सहयोग गर्ने घोषणा गरिन् ।

एनआरएनए इंग्ल्याण्ड राज्य परिषदका नव निर्वाचित अध्यक्ष राममाया थापाको संयोजनमा सम्पन्न कार्यक्रममा संघका अन्य पदाधिकारीहरु पनि सहभागी भएका थिए ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.