एक्सक्लुसीभ

राज्य व्यवस्था समिति सभापतिमा न्यौपानेको उम्मेदवारी

काठमाडौँ । सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ।

मङ्गलबार दिउँसो संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिए लगत्तै न्यौपानेले राज्य व्यवस्था समिति सभापति पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो।

समिति सभापतिको निर्वाचन बुधबार दिउँसो ३ बजे समिति बैठकमै हुनेछ।न्यौपानेलाई समिति सभापतिको उम्मेदवार बनाउने निर्णय मङ्गलबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले गरेको थियो।

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानको विवादमा मुछिएपछि समिति सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिँदा उक्त पद रिक्त छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.