नेपाल

प्रधानमन्त्री ओली साउन १८ गते तुर्कमेनिस्तान जाने

काठमाडौँ, साउन १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानको औपचारिक भ्रमण गर्ने भएका छन् । ओलीले २०८२ साउन १८ देखि साउन २३ गतेसम्म तुर्कमेनिस्तानको औपचारिक भ्रमण गर्ने छन् ।

प्रधानमन्त्री ओली ‘थर्ड युनाइटेड नेसन्स कन्फ्रेन्स अन ल्यान्डलक डेभलपिङ कन्ट्रीज (एलएलडिसिथर्ड)’ मा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदका निर्णय बिहीबार सार्वजनिक गर्दै भ्रमण बारे जानकारी दिएका हुन् ।

परराष्ट्र मन्त्रालयसँग सम्बन्धित निर्णय सुनाउँदै मन्त्री गुरुङले भने, ‘‘यही साउन १८ देखि २३ गतेसम्म थर्ड युनाइटेड नेसन्स कन्फ्रेन्स अन ल्यान्डलक डेभलपिङ कन्ट्रिज् (एलएलडिसिथर्ड) मा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा तुर्कमेनिस्तानको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र उक्त भ्रमण स्वीकृत गरेको हो ।’’

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.