अमेरिका

‘म हाम्रो छोरालाई भनिरहन्छु, तिम्रो आमा चाँडै घर आउनेछिन’: मरीन कोर्प्स एड्रियन क्लाउट्रे

सारा क्लाइन, ब्याटन, लुजियाना, (एपी) । नागरिकताको विषयमा दुई महिना देखि थुनामा राखिएकी २५ वर्षीया पाओला क्लाउट्रेको विषयमा भएको सुनुवाइमा यसै साता न्यायाधीशले दिएको एक आदेश अनुसार अब उनि देश निकालामा नपर्ने भएकी छिन्। तर उनका मरीन कोर्प्समा कार्यरत पतिले भने, ‘उनी लुजियानाको अध्यागमन हिरासत केन्द्रमा छिन्।

दुई महिनादेखि, २५ वर्षीया पाओला क्लाउट्रेलाई मोनरोको अध्यागमन र भन्सार प्रवर्तन विभागको परिसरमा राखिएको छ । उनलाई देशमा बस्न अनुमति दिइनेछ कि भनेर जान्नको लागि उनका पति र परिवारजन पर्खिरहेको छ। हप्तामा एक पटक उनलाई आफ्नो पतिलाई भेट्न अनुमति दिइएको छ, जसले ब्याटन रुजबाट आठ घण्टाको राउन्डट्रिप पदयात्रा गर्छन् ताकि आमाले आफ्नो ४ महिनाको बच्चालाई स्तनपान गराउन र आफ्नो २ वर्षको छोराको न्यास्रो मेट्न सकून्।

मेक्सिकन नागरिक क्लाउट्रे एक दशकभन्दा बढी समयअघि आफ्नी आमासँगै शरण खोज्दै अमेरिका प्रवेश गरेकी थिइन्। २०२४ मा अमेरिकन नागरिक पतिसँग विवाह गरेपछि अमेरिकामा कानुनी रूपमा बस्न र काम गर्न ग्रिन कार्डको लागि आवेदन दिएपकि थिइन् । तर उनलाई त्यतिबेला जानकारी भयोकि उनकी आमा अध्यागमन सुनुवाइमा उपस्थित नभएका कारण २०१८ मा आइसले उनलाई समेत देश निकालाको लागि आदेश जारी गरेको थियो।

क्लाउट्रेले आफ्नो मुद्धा पुन:सुनुवाइको लागि प्रयास गरिरहेको बताइन् । उनका पतिले एसोसिएट प्रेसलाई भने, ‘उनी र उनकी श्रीमती काम गरिरहेका बेला अधिकारीहरू आइपुगे र क्लाउट्रेलाई हथकडी लगाइदिए।

एड्रियन क्लाउट्रेले आफ्नी श्रीमतीको रिहाइको लागि लगभग आठ हप्ता देखि कानुनि लडाई लडिरहेका छन् । उनि आशावादी छन् कि उनको श्रीमती छिट्टै हिरासत केन्द्रबाट रिहा हुनेछिन् र उनीहरुको पुनर्मिलन हुनेछ।

बुधबार उनीहरूले खबर पाए कि क्यालिफोर्नियाका एक न्यायाधीश -पाओला क्लाउट्रेको मुद्धाको लागि मूल क्षेत्राधिकार – ले उनि जस्तै आप्रवाशीलाई देश निकाला गर्ने आदेशलाई रोक लगाएको छ।

एड्रियन क्लाउट्रेले निर्णयको स्वागत गरे। उनले भने, ‘उनीहरूको वकिलले आफ्नी श्रीमतीको रिहाइको लागि कागजी कार्यहरू तयार गरिरहेका छन्, यद्यपि यो ग्यारेन्टी छैन ।’

‘म हाम्रो छोरालाई भनिरहन्छु, ‘तिम्रो आमा चाँडै घर आउनेछिन’, एड्रियन क्लाउट्रेले भने।

यसैबीच, दम्पतीको वकिलले ब्याटन रुजकी आमाको ग्रीन कार्ड प्रक्रियालाई ट्रयाकमा ल्याउन काम गरिरहेको द न्यु अर्लिन्स एड्भोकेट/द टाइम्स-पिकायुनले रिपोर्ट गरेको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले पहिले नै दम्पतीको वैध विवाह भएको फैसला गरिसकेको भए पनि कानुनी लडाइँको बीचमा प्रक्रिया रोकिएको छ।

कानूनी अनुमति बिना देशमा रहेका लाखौं मानिसहरूलाई डिपोर्ट गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिज्ञाको अंशको रूपमा ब्याटन रुजकी आमा दशौं हजार मानिसहरूमध्ये एक प्रतिनिधिमुलक घटना हुन्।

क्लाउटरले भने कि रिपब्लिकन अमेरिकी सिनेटर जोन केनेडीले पनि आफ्नी श्रीमतीलाई हिरासतबाट रिहा गर्न गृह सुरक्षा विभागलाई अनुरोध गरेका छन्। केनेडीको कार्यालयले टिप्पणीको लागि एपीको इमेल गरिएको अनुरोधको जवाफ दिएन ।

केनेडी भरपर्दो रूपमा रेड साइन अंकित राज्यमा आप्रवासन मुद्धामा संलग्न हुने पहिलो लुजियानाका रिपब्लिकन भने होइनन्। यस महिनाको सुरुमा, लगभग पाँच दशकसम्म अमेरिकामा बसेपछि आइसद्वारा हिरासतमा लिइएकी एक इरानी आमालाई रिपब्लिकन अमेरिकी हाउस बहुमत नेता स्टीव स्केलिसको वकालत पछि रिहा गरिएको थियो।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.