राजनीति
एमाले स्थायी कमिटी बैठक: भेलाको तयारीबारे छलफल
काठमाडौँ । नेकपा (एमाले) को दोस्रो स्थायी कमिटीको बैठक सम्पन्न भएको छ ।
बैठकमा बुधबार र बिहीबार हुनलागेको राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल गरिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।
“राष्ट्रिय भेलाको तयारीका सन्दर्भमा बैठक केन्द्रित रहेको थियो । बैठकमा तयारीका सन्दर्भमा गठन गरिएका विभिन्न उपसमितिको रिपोर्टिङ र छलफल गर्ने काम भयो,” उहाँले भन्नुभयो ।
बैठकले भेलाका लागि तय गरिएका कार्यसूची अनुमोदन गरेको छ । यस्तै बैठकले पार्टीको चौथो केन्द्रीय कमिटीको बैठक यही मङ्सिर ४ गते गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिनुभयो ।