खेलकुद

काठमाण्डु गोखार्जद्वारा विराटनगर किङ्स ९ विकेटले पराजित

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाण्डु गोर्खाजले लगातार दोस्रो जित दर्ता गरेको छ । आज बेलुका सम्पन्न खेलमा काठमाण्डु गोखार्जले दोस्रो जित निकाल्ने क्रममा विराटनगर किङ्सलाई नौ विकेटले हरायो ।

काठमाण्डुले पछिल्लो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको थियो । आजको खेलमा विराटनगरले दिएको ८४ रनको झिनो लक्ष्य काठमाण्डुले नौ दशमलव चार ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि अविजित रहेका डेविड वार्नरले ४४ र विलियम बोसिस्टोले २३ रन बनाए । साहिल पटेल १० रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ अपराजित पौडेलले मात्र एक विकेट लिन सके ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको विराटनगर किङ्स १८।३ ओभरमा ८३ रनमै अलआउट भयो । उसका लागि रुपेश सिंहले २६, एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।

काठमाण्डुका लागि बलिङतर्फ सन्तोष यादवले तीन, सहान अराच्चिगे र जहानदाद खानले समान दुई(दुई तथा साहब आलम, कप्तान करण केसी र देव साहले समान एक(एक विकेट लिए । यो जितपछि काठमाण्डु अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । विराटनगर तालिकाको पाँचौँ स्थानमा झरेको छ ।

आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराएको थियो । प्रतियोगितामा लुम्बिनी अहिलेसम्म अपराजित छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्