नेपाल

मुगुको चुच्चेमारामा अलपत्र परेका १२ जनाको नेपाल सेनाद्वारा सकुशल उद्धार 

सुर्खेत । मुगुस्थित प्रसिद्ध राराताल घुम्न गएको एक समूह जङ्गलमा हराएपछि नेपाली सेनाले उद्धार गरेको छ । 

मुगुको छायाँनाथ रारा नगरपालिका–८, चुच्चेमारा क्षेत्रको जङ्गलमा अलपत्र परेका १२ जनाको एक समूहलाई नेपाली सेनाले सकुशल उद्धार गरेको हो । गएराती रारा भ्रमणमा निस्किएको उक्त समूह चुच्चेमारा क्षेत्रमा अलपत्र परेको जानकारी पाउनासाथ नेपाली सेनाको हनुमानध्वज गुल्मबाट खटिएको टोलीले सुरक्षित रुपमा उद्धार गरेको जनाएको छ ।

हनुमानध्वज गुल्मका प्रमुख (मेजर) खड्कबहादुर श्रेष्ठले गएराती १० बजेर २५ मिनेटमा चुच्चेमारा क्षेत्रको मध्य भागबाट ८ जना महिला र ४ जना पुरुषको सकुशल उद्धार गरिएको बताउनु भयो । उहाँले उक्त समूह मुगुदेखि पैदल जुम्ला जाने क्रममा बाटो भुलेर जङ्गलमा अलपत्र परेपछि उद्धार गरी सुरक्षित सल्लेरी ल्याइएको जनाउनु भयो  । त्यहाँबाट राती नै मुगु प्रहरीको सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिका–२, भण्डारीवाडा गाउँ पुर्‍याइएको उहाँको भनाइ छ ।

करिब चार घण्टा जङ्गलमा अलपत्र परेका सबै जना जुम्लाको चन्दननाथ–२, भण्डारीवाडा हुन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्