डीएचएसद्वारा आप्रवासनमाथिको कारबाही ‘स्यान्क्चुअरी’ सहरहरूमा केन्द्रित
वाशिंगटन । गृह सुरक्षा विभाग, (डीएचएस) का अनुसार अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन विभागले ‘स्यान्क्चुअरी’ अभयारण्य शहरहरूमा आफ्नो उपस्थिति बढाउदै आप्रवासनमाथिको निरन्तर कारबाहीलाई केन्द्रित गरेको बताएको छ।
डीएचएसले शनिबार एक विज्ञप्तिमा जारि गर्दै आइसले ट्रम्प प्रशासनको आप्रवासनमाथिको निरन्तर कारबाही “अभयारण्य शहरहरूमा केन्द्रित गरेको जनाएको छ ।
डीएचएसद्वारा आप्रवासनमाथिको निरन्तर कारबाही केन्द्रित गरिएका राज्यहरू र शहरहरुमा क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेयर, वाशिंगटन, डी.सी., इलिनोइस, मिनेसोटा, न्यूयोर्क, ओरेगन, रोड आइल्याण्ड, भर्मन्ट र वाशिंगटन समावेश छन्।
विज्ञप्तिमा आप्रवासनसम्बन्धी कानुन कार्यान्वयनको विषयमा आलोचना भइरहेका बेला होमनले आप्रवासन तथा भन्सार प्रवर्तन निकाय, (आइस) आप्रवासनमाथिको कारबाही ‘स्यान्क्चुअरी’ सहरहरूमा केन्द्रित रहने बताएका छन् ।
हालै टेक्सासको अस्टिनमा ‘डोरड्यास’का लागि खाना पुर्याउने क्रममा कारभित्रै रहेका एक भेनेजुएलाका नागरिकलाई संघीय अधिकारीहरूले गोली हानेको केही दिनपछि यो भनाइ आएको हो।
विल्बर राफेल गारकास पेरेजलाई सुरुमा अस्पताल लगिएको थियो, तर केही घण्टामै डिस्चार्ज गरियो र उनको पिठ्युँमा गोली अझै अड्किएकै अवस्थामा उनलाई आइसले हिरासतमा लिएको छ ।
टेक्सासका डेमोक्र्याटिक राज्य प्रतिनिधि जोआक्विन क्यास्ट्रोले भने, “विल्बरमाथि आइसले गरेको व्यवहार यातनासरह छ। पिठ्युँमा गोली लागेपछि उनले लगभग कुनै पनि चिकित्सा सेवा पाएका छैनन् — जबकि उनी असह्य पीडामा छन् र उनको शरीरको बायाँ भाग चल्न छाडेको छ। उनी अस्पतालमा हुनुपर्ने हो, न कि ‘साउथ टेक्सास इमिग्रेसन प्रोसेसिङ सेन्टर’ मा एक्लो हिरासतमा,” । “उनलाई अमेरिकामा काम गर्ने अनुमति थियो र उनी आफ्नो परिवारको गुजाराका लागि डोरड्यासमा काम गरिरहेका थिए। विल्बरलाई तत्काल रिहा गरी चिकित्सा उपचारको व्यवस्था गरिनुपर्छ।”
रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा आएयता संघीय आप्रवासन अधिकारीहरूले कम्तीमा २० जनालाई गोली हानेका छन्, जसमध्ये सात जनाको मृत्यु भएको छ।
यी गोलीका घटनाहरूले देशभर विरोध प्रदर्शनहरू निम्त्याएका छन्।
आलोचकहरूका अनुसार ट्रम्पको देश निकाला बढाउने कदमले हिंस्रक झडपहरूको संख्या बढाएको छ; साथै, उनीहरूले यस प्रशासनमाथि घटनामा संलग्न अधिकारीहरूलाई जवाफदेही बनाउन आलटाल गरेको आरोप लगाएका छन्।