बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ २४ पैसा र बिक्रीदर १५३ रुपियाँ ८४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ८२ पैसा र बिक्रीदर १७७ रुपियाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ३८ पैसा र बिक्रीदर २०७ रुपियाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ ०५ पैसा र बिक्रीदर १८७ रुपियाँ ७८ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपियाँ २७ पैसा र बिक्रीदर १०९ रुपियाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ ०२ पैसा र बिक्रीदर ११० रुपियाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ३४ पैसा र बिक्रीदर १२० रुपियाँ ८१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ८८ पैसा र बिक्रीदर नौ रुपियाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ८५ पैसा र बिक्रीदर २२ रुपियाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ८० पैसा र बिक्रीदर ४० रुपियाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ०४ पैसा र बिक्रीदर ४२ रुपियाँ २१ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ७३ पैसा र बिक्रीदर ४१ रुपियाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ४९ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ २० पैसा र बिक्रीदर ११ रुपियाँ २४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६५ पैसा र बिक्रीदर १५ रुपियाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ६५ पैसा र बिक्रीदर २३ रुपियाँ ७५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ५३ पैसा र बिक्रीदर १९ रुपियाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपियाँ १५ पैसा र बिक्रीदर ५०१ रुपियाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपियाँ ४९ पैसा बिक्रीदर ४०८ रुपियाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३९८ रुपियाँ ०२ पैसा र बिक्रीदर ३९९ रुपियाँ ५८ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।