इन्डियानामा आइसद्वारा ४०० भन्दा बढी कागजात बिहीन आप्रवासी पक्राउ
इन्डियानापोलिस। इन्डियाना राज्यभरि आइसले गरेको बृद्धि गरिएको आप्रवासन प्रवर्तन अभियानको परिणामस्वरूप अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म ४२६ कागजात बिहीन आप्रवासीहरुलाई पक्राउ गरेको छ।
“अपरेसन सेफ कम्युनिटी-इन्डियाना” शीर्षकको पाँच दिने अध्यागमन प्रवर्तन अभियानले यौन अपराध, आक्रमण र कुटपिट, घरेलु आक्रमण, लागूपदार्थको तस्करी, खतरनाक हतियारले आक्रमण, अन्य हतियार अपराध, ठगी, पहिचान चोरी, चोरी, सम्पत्ति क्षति, मादक पदार्थ सेवन गरी गाडी चलाउने, सार्वजनिक व्यवस्था अपराध र अन्य अपराधहरू समावेश गर्ने आपराधिक पृष्टभूमि भएका कागजात बिहीन आप्रवासीलाई पक्राउ गरेको दावी गरेको छ ।
अपरेशन सेफ कम्युनिटी-इन्डियानाले आपराधिक पृष्टभूमि भएका कागजात बिहीन आप्रवासीहरूलाई पक्राउ गर्ने र देश निकाला गर्ने सचिव मुलिनको प्रतिबद्धता अनुरुप काम गरेको बताएकोछ।
अपरेशनको धेरैजसो भाग इन्डियानापोलिस महानगरीय क्षेत्रमा अवैध आप्रवासी अपराधीहरूलाई पक्राउ गर्ने कुरामा केन्द्रित भए पनि आइस अधिकारीहरूले सम्पूर्ण राज्यभरि लक्षित आप्रवासन प्रवर्तन कार्यहरू सञ्चालन गरेको थियो।
आइस शिकागोका उप-क्षेत्रीय कार्यालय निर्देशक रेमन्ड हर्नान्डेजले भने, “आइस अधिकारीहरूले अपरेशनको क्रममा इन्डियाना समुदायका सडकहरूबाट ४०० भन्दा बढी कागजात बिहीन आप्रवासीहरूलाई पत्ता लगाउन, पक्राउ गर्न र हटाउन अथक प्रयास गरेका छन्।”
यसका साथै, आइसका अधिकारीहरूले एमएस-१३ र ट्रेन डे अरागुआ जस्ता अन्तरदेशीय आपराधिक सडक गिरोहका सदस्यहरूलाई पक्राउ गरेको दावी गरेको छ।