खेलकुद

क्युकेएस अन्तरविद्यालय फुटसल सुरु

काठमाडौं । काष्ठमण्डप विद्यालयको आयोजनामा दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको काष्ठमण्डपकी निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापा र क्युकेएसका अध्यक्ष समेत रहेका कान्जिरोवाका प्रिन्सिपल रन्जित थापाले संयुक्त रुपमा उद्घाटन गरे । पहिलो दिन समूह चरणका १० खेल सम्पन्न भए ।

सिनियर ब्वाइजमा भक्तपुर निस्टले रोजबडलाई २–० तथा काष्ठमण्डप ‘ए’ ले रोजबडलाई २–१ गोलले पराजित गरे । सोही स्पर्धामा काष्ठमण्डप ‘ए’ र भक्तपुर निस्टले गोलरहित बराबरी खेले ।

जुनियर ब्वाइजमा काष्ठमण्डप ‘ए’ ले त्रियोगलाई २–१ र भक्तपुर निस्टलाई ६–० तथा त्रियोगले भक्तपुर निस्टलाई १–० गोलले हराए । रोजबड र अक्षराबीच खेल १–१ को बराबरीमा टुंगियो ।

क्वालिटी काठमाडौं स्कुल (क्युकेएस) को कार्यक्रम अनुसार सञ्चालित प्रतियोगिताको सिनियर गल्र्समा त्रियोगले भक्तपुर निस्टलाई ४–० तथा काष्ठमण्डप ‘ए’ ले भक्तपुर निस्टलाई २–० गोलले पाखा लगाए । काष्ठमण्डप ‘ए’ र त्रियोगबीचको खेल गोलरहित बराबरीमा सकियो ।

मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा १५, सिनियर ब्वाइजमा १६ र सिनियर गल्र्समा १२ टिम सहभागी छन् । फाइनल साउन २९ गते हुनेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्