इमिग्रेशन अपडेट

डीएचएसद्वारा ८०० भन्दा बढी आप्रवासी ट्रक चालकहरूको अनुमति पत्र खारेज गरेको घोषणा

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको गृह सुरक्षा विभाग (डीएचएस) का सचिव मार्कवेन मुलिनले यातायात विभागसंगको सहकार्यमा देशभरका ८०० भन्दा बढी आप्रवासी ट्रक चालकहरूको अनुमति पत्र खारेज गर्ने प्रक्रिया सुरु भएको घोषणा गरेका छन् ।

डीएचएसद्वारा जारी गरिएको विज्ञप्ति अनुसार अपरेशन हाइवे शिल्डको क्रममा जुलाई २८ देखि जुलाई ३० सम्मको तीन दिने अपरेशनमा, अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आइस) को गृह सुरक्षा अनुसन्धान (एचएसI) र संघीय मोटर क्यारियर सुरक्षा प्रशासनको संयुक्त टोलीले राजमार्ग गस्तीहरूसँग मिलेर गरेको जांच पछि ८०० भन्दा बढी आप्रवासी ट्रक चालकहरूको अनुमति पत्र खारेज गर्ने प्रक्रिया सुरु गरेको घोषणा गरेको हो ।

ती तीन दिनको हाइवे शिल्ड नाम दिएको अपरेशनमा संघिय एजेन्टहरुले क्यालिफोर्निया र न्यूयोर्कद्वारा जारी आप्रवासीहरुको व्यावसायिक चालक इजाजतपत्र भएका २१ चालकहरू सहित ५१ गैरकानूनी आप्रवासीहरूलाई पक्राउ गरेका छन् भने ७६६ असुरक्षित चालक र सवारी साधनहरूको अनुमति पत्र खारेजीको प्रक्रिया सुरु गरेका छन् ।

यसैगरी अंग्रेजी भाषा प्रवीणता परीक्षणमा असफल भएकोमा ३६ चालकहरूको अनुमति पत्र खारेजी र घरेलु हिंसाको आरोपमा ८६ अपरेटरहरूलाई पक्राउ गरेका छन् ।

डीएचएसका सचिव मार्कवेन मुलिनले भने, ‘अपरेसन हाइवे शिल्ड’को पछिल्लो चरणमार्फत, डीएचएस र यातायात विभागमा रहेका हाम्रा साझेदारहरूले सडकबाट ८०० भन्दा बढी खतरनाक ट्रक चालकहरूलाई हटाएका छन्; यसमा ५० भन्दा बढी गैरकानूनी आप्रवासीहरू र अंग्रेजी भाषाको दक्षता परीक्षणमा असफल भएका ३० भन्दा बढी चालकहरू समावेश छन्।”

डीएचएसका सचिव मार्कवेन मुलिनका अनुसार हाइवे शिल्ड नाम दिएको अपरेशन दोस्रो चरणमा सुरु भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्