खेलकुद

महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्व उपकप्तान थापालाई ‘नाइस अवार्ड’

नेपालगन्ज । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्व उपकप्तान ममता थापालाई नाइस अवार्ड २०२६ बाट पुरस्कृत गरिएको छ । नेपालगन्जमा आज एक कार्यक्रमका बीच थापालाई १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । 

नाइस नेपालगन्जले प्रत्येक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ । लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठले थापालाई उक्त अवार्ड प्रदान गर्नुभएको हो । थापाले लामो समयसम्म राष्ट्रिय टोलीबाट विकेटकिपर तथा ब्याटरका रूपमा खेल्नुभएको थियो । थापा हाल कोहलपुर नगरपालिकामा क्रिकेट प्रशिक्षकका रुपमा कार्यरत हुनुहुन्छ ।

विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गर्ने गरिएको नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले जानकारी दिनुभयो । उक्त अवसरमा नेपालगन्जका सङ्गीत साधक ८२ वर्षीय ओमप्रकाश शर्मालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठ, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय, नेपालगन्ज-९ का वडा अध्यक्ष गोविन्द रेग्मी, गैरसरकारी संस्था महासङ्घ नेपालका सचिव एवम् नाइस नेपालगन्जका संस्थापक अध्यक्ष नमस्कार शाह, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, नाइस अवार्ड विजेता थापा, समाजसेवी बुद्धिसागर सुवेदी, अग्रज पत्रकार झलक गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका सचिव कमल शाहीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष शोभा थापा मगरले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्