राजनीति

विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै

काठमाडौँ । नेपाल सरकारले विभिन्न २१ मुलुक र नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने तयारी थालेको छ ।

राजदूत रिक्त रहेका १६ दूतावाससहित चार वर्षे कार्यकाल सकेर केही समयका लागि म्याद थपेर काम गरिरहेका इजिप्ट, बहराइन, बङ्गलादेश, म्यानमार र राष्ट्र सङ्घीय नियोग भियनासमेत २१ नियोगमा दुई हप्ताभित्र राजदूत नियुक्त प्रक्रिया अघि बढाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हाल १५ मुलुक र नियोगमा मात्र राजदूत छन् भने १६ मुलुक र नियोगमा राजदूत रिक्त  छन् । हाल विभिन्न मुलुकमा नेपाली राजदूतावास रहेको सङ्ख्या २८ छ । त्यसबाहेक संयुक्त राष्ट्र सङ्घको लागि स्थायी मिसन न्यूयोर्क, जेनेभा र भियना तथा आठ महावाणिज्य दूतावास आठ गरी ३९ मिसन रहेको मन्त्रालयको तथ्याङ्क छ ।

हाल न्यूयोर्क, जेनेभा, भियना, बहराइन, बङ्गलादेश, बेल्जियम, क्यानडा, इजिप्ट, फ्रान्स, कुवेत, म्यानमार, पाकिस्तान, पोर्चुगल, थाइल्यान्ड र युएईमा राजदूत रहेका छन् । त्यस्तै अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरब, श्रीलङ्का, बेलायत, अमेरिका, स्पेनमा राजदूत रिक्त रहेको मन्त्रालयले जनाएको छ ।

सरकारले यस आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कका तीन राजदूतावास भने बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका अनुसार हाल राजदूतको खुल्ला आवेदनबाट आएका आवेदनको अध्ययन भइरहेको छ । त्यसमध्येबाट नै राजदूत नियुक्त गर्ने सरकारको तयारी छ । खुला आवेदनबाट पहिलोपटक राजदूत नियुक्ति सिफारिस हुन लागेको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्